पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण

Byपहिलो सुचना

२०७८ फाल्गुन १९, बिहीबार १३:३० २०७८ फाल्गुन १९, बिहीबार १३:३० २०७८ फाल्गुन १९, बिहीबार १३:३०

फागुन १९, पर्वत । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण  सुरू गरिएको छ ।

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरू भएको हो । गरिबीको रेखामुनि परेका परिवारको तथ्यांक संकलन गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् ।

अहिले जिल्लाका सात वटै स्थानीय तहमा गणक तथा सुपरीवेक्षक परिचालन गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो कार्य सुरू गरेको हो ।

गरिब परिवार पहिचान गरी उनीहरूलाई राज्यको तर्फबाट राहत प्याकेज सहयोग गर्ने उद्देश्यले तथ्यांक संकलन गर्न थालिएकोले सही र सत्य विवरण संकलन गर्नुपर्नेमा जोड दिइएको छ । 

यसको मूल्यांकन तथा अनुगमनको जिम्मा जिल्ला समन्वय समितिले पाएको छ ।

गाउँपालिकाको कार्ययोजना अनुसार गणक तथा सुपरीवेक्षक पाँच महिनासम्म फिल्डमा खटिएर तथ्यांक संकलन गर्ने जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए । 

स्थानीय तहहरूले मातहतका बासिन्दालाई सही तथ्यांक टिपाउन आग्रह गरेका छन् । उनीहरूले जति धेरै सत्यतथ्य सूचना संकलन भयो त्यति नै धेरै राज्यलाई सहजता र प्रत्यक्ष गरिब परिवारलाई राहत पुग्ने भएकाले झूटा विवरण नदिन आग्रह गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए ।  

जिल्लाभर परिचालन हुने ४१ जना गणक तथा सुपरीवेक्षकलाई जिससले तालिमसमेत दिइसकेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook