फागुन १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँले बढाएको छ । बिहिबार रातिदेखि लागू हुनेगरी निगमले मूल्य वृद्धि गरेको हो ।
मूल्य वृद्धिसंगै अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । तर निगमका अनुसार एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको छ ।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

