फागुन १७, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले भारतबाट मूल्य वृद्धि भएर आएको जानकारी दिएको छ ।
नयाँ मूल्य सुचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको छ ।
मूल्यवृद्धिसँगै निगमले आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड घाटा हुने स्थिति रहेको अनुमान गरेको छ ।
विज्ञप्ति जारी गर्दै निगमले रुस र युक्रेनबिचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भइ उच्चतम विन्दुमा पुगेको र कच्चा तेलको अमेरिकी डलर ९५ देखि १०५ प्रति ब्यारेल पुगेका कारण भारतबाट इन्धनको मूल्य बढेको उल्लेख गरेको छ ।
विज्ञप्तिअनुसार मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको छ ।

