विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा

Byपहिलो सुचना

२०७८ श्रावण १२, मंगलवार १०:३२ २०७८ श्रावण १२, मंगलवार १०:३२ २०७८ श्रावण १२, मंगलवार १०:३२

साउन १२, काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनीका जनतालाई बिजुलीमा विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेकी छिन्। मन्त्रालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन्।

सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्न ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले थपिन्, “ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो। त्यसको खपत स्वदेशमै हुनुपर्छ।” नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउर्ने विषयलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा उनले जोड दिइन्।

मन्त्री भुसालले विद्युत्को दरमा पुनः विचार गर्ने नीति बनाउने पनि जानकारी दिइन्। उनले भनिन्, “हाम्रोमा विद्युत्को दर महँगो छ। सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ। उपभोक्ताका रूपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन। विद्युत्को दरमा पुनःविचार गर्नुपर्छ। विद्युत् महसुल समायोजन गर्नुपर्छ।”

निजी क्षेत्रले ऊर्जा क्षेत्रमा ठूलो लगानी गरेर राज्यलाई योगदान गरेको उल्लेख गर्दै उनले भनिन्, “निजी क्षेत्रको हामीले संरक्षण गर्नुपर्छ। उहाँहरूको अभिभावक पनि सरकार हो।”

जनताको मैलिक हक र अधिकारमा ऊर्जा क्षेत्रले योगदान गर्नुपर्ने बेला आएको बताउँदै मन्त्री भुसालले भनिन्, “हामीले मौलिक अधिकारका रूपमा संविधानमा लेखेका छौं, कानुन पनि बनाएका छौं। जीवन व्यवहारमा स्वास्थ्य, सामाजिक सुरक्षालगायत क्षेत्रमा हामी काम गरेका छौं। यो क्षेत्रले पनि त्यतातिर योगदा गनुपर्छ, त्यसतर्फ ध्यान दिनुपर्छ।”  

सर्वेक्षण र डिपिआर भएका ठूला जलाशययुक्त र अर्धजलाशयुक्त आयोजना सरकारले बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले थपिन्, “ठूला जलाशययुक्त आयोजना जनता र अन्य क्षेत्रबाट लगानी जुटाएर निर्माण गनुपर्छ भन्ने निष्कर्षमा म पुगेको छु।”

उत्पादन वृद्धि गर्ने, सस्तो दर तोक्ने, सहुलियत दिने र उपभोक्ता बढाउनेतर्फ आफू लाग्ने भन्दै मन्त्री भुसालले डलर तिरेर ल्याएको एलपी ग्यास विस्थापित गर्न सके उपभोक्ताको संख्या र खपत बढ्ने बताइन्। उनले उद्योग कलकारखानाको माग सम्बोधन गर्ने र विद्युतीय यातायातलाई जोड दिँदा विद्युत् खपत हुने विश्वास व्यक्त गरिन्। उनले ऊर्जाको माध्यमबाट सिँचाइमा सहयोग गर्ने नीति ल्याउने जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook