ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

Byपहिलो सुचना

२०७८ फाल्गुन ११, बुधबार ०९:११ २०७८ फाल्गुन ११, बुधबार ०९:११ २०७८ फाल्गुन ११, बुधबार ०९:११

फागुन ११, इनरुवा । सुनसरीको कोसी गाउँपालिका–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । 

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो ।

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook