गाउँपालिकाद्वारा दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

Byपहिलो सुचना

२०७८ फाल्गुन १०, मंगलवार ०७:३२ २०७८ फाल्गुन १०, मंगलवार ०७:३२ २०७८ फाल्गुन १०, मंगलवार ०७:३२

फागुन १०, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत छ हजार नगद सहयोग गर्दै आएको हो ।

गाउँपालिकाले मुटुरोगी २१, मिर्गौलारोगी १९, क्यान्सरपीडित १५ गरी कूल ५५ र अर्थाीक अभावका कारण उपचारमा समस्या भएका विपन्न नागरिक नौ गरी कूल ६४ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

गाउँपालिकाले विपन्न नागरिक औषधोपचार कोषबाट २३ नागरिकलाई उपचारका लागि सिफारिस गरेको छ । जुन कोषबाट विपन्न परिवारका नागरिकले एक लाख बराबरको उपचार सुविधा पाउने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । प्रदेश सरकारबाट विनियोजन रकमबाट स्वास्थ्य उपचारका लागि एक जनालाई सिफारिस गरिएको छ ।

गाउँपालिकाभित्रका आठ वडाका मुटु, मिर्गौला र क्यान्सरपीडित बिरामीका उपचारमा सहयोगस्वरूप यातायात खर्च नगद रकम सहयोग प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारी बताउछन् । रिब्दीकोट गाउँपालिका अध्यक्ष जिसीले गाउँपालिकाभित्रका वडाका रोगबाट पीडित नागरिकलाई रकम हस्तान्तरण गरिएको उनले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook