साउन १२, काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ।
संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्र पढेर सुनाउने छन्।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेस गर्ने र पूर्वसांसद विष्णुबहादुर तामाङको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने आजको सम्भावित कार्यसूचीमा उल्लेख छ।

