इजरालमा खुल्यो केयरगिभर भिषा

Byपहिलो सुचना

२०७८ श्रावण १२, मंगलवार ०९:१६ २०७८ श्रावण १२, मंगलवार ०९:१६ २०७८ श्रावण १२, मंगलवार ०९:१६

साउन १२, काठमाडौँ | नेपाल सरकारले सरकारी प्रक्रिया मार्फत इजरायलमा कामदार पठाउने प्रक्रिया सुरु गरेको छ । नेपाल सरकार र इजरायल सरकार बिच भएको सम्झौता अनुसार आवेदन खूला गरेको हो। वैदेशिक रोजगार बिभागले मंगलबार आवेदन मागको सूचना जारी गर्दै औपचारीक रुपमा इजरायलमा रोजगार खोलेको जनाएको हो । जान इच्छुकहरुले विभागको वेभसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछ ।

सरकारले गतवर्ष इजरायल र नेपाल सरकार बीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । बिभागले जारी गरेको सूचना अनुसार इजरायलमा रोजगारको लागि मासिक ५३०० एनआईएस तलब हुनेछ । जसको नेपाली विनिमय अनुसार करिब तलब १ लाख ९३ हजार हुन आउँछ । यो तलब सातामा ४२ घण्टाको हिसावमा हुन्छ । इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्नेछन् । एक पटक रोजगारमा जाने करार अवधि १ बर्षको हुने भए पनि करार थपिएर ५ बर्षसम्म बस्न पाइनेछ ।

बिभागको सूचना अनुसार इजरायलमा ३० प्रतिशत अर्थात ३०० जना पुरुष कामदार र ७० प्रतिशत अर्थात ७०० जना महिला कामदारले रोजगारको आवसर पाउनेछन् ।

बिभागको सूचना अनुसार इजरायलमा ३० प्रतिशत अर्थात ३०० जना पुरुष कामदार र ७० प्रतिशत अर्थात ७०० जना महिला कामदारले रोजगारको आवसर पाउनेछन् ।

आवश्यक योग्यता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook