चार दिनपछि खुल्यो नेपाल-भारत नाका

Byपहिलो सुचना

२०७८ फाल्गुन ३, मंगलवार १२:५२ २०७८ फाल्गुन ३, मंगलवार १२:५२ २०७८ फाल्गुन ३, मंगलवार १२:५२

फागुन ३, बैतडी । चार दिनदेखि बन्द नेपाल-भारत सीमानाका आजदेखि खुलेको छ। 

भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो।

बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरू भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। 

निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो। सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने बताइएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook