दाङमा टिप्परको ठक्करबाट एक महिलाको मृत्युु

Byपहिलो सुचना

२०७८ फाल्गुन ३, मंगलवार ०८:५४ २०७८ फाल्गुन ३, मंगलवार ०८:५४ २०७८ फाल्गुन ३, मंगलवार ०८:५४

फागुन ३, दाङ । दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी उनलाई टिपरले बिहान ६ बजे ठक्कर दिएको हो ।

राप्ती गाउँपालिका-१ की ३५ वर्षीय डीला पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई पूर्व-पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् जसकारण गाडीहरु सडकमै रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook