साउन १०, काठमाडौँ। काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले १० दिन निषेधाज्ञा थप गरेको हो।
यसअघि लागू गरिएका निषेधाज्ञाका नियमहरुमा कुनै परिवर्तन नभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।


