स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

Byपहिलो सुचना

२०७८ श्रावण १०, आईतवार १६:३४ २०७८ श्रावण १०, आईतवार १६:३४ २०७८ श्रावण १०, आईतवार १६:३४ #उमेश श्रेष्ठ, #स्वास्थ्य राज्यमन्त्री

साउन १०, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार शपथ लिने कार्यक्रम भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन्।

लिटिल एन्जल्स विद्यालयका संचालक हुनुका साथै श्रेष्ठको जग्गा, बैंक र होटेल क्षेत्रमा पनि लगानी छ। श्रेष्ठ प्याब्सनका पूर्वअध्यक्ष समेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook