उपत्यकामा जारी निषेधज्ञा पुनः थप गर्ने तयारी

Byपहिलो सुचना

२०७८ श्रावण १०, आईतवार १३:२६ २०७८ श्रावण १०, आईतवार १३:२६ २०७८ श्रावण १०, आईतवार १३:२६
photo file

साउन, १०, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः थपिने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको जनाइएको छ । गत बैषाख १६ गते देखि जारि निषेधज्ञा असार पहिलो साता पछि खुकुलो बनाउदै लगेको थियो भने अझै निषेधज्ञा पुर्ण रुपमा खोलेको छैन । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यसअघिदेखि व्यापारिक प्रयोजनाका गतिविधिहरु बढाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमण बढिरहेकाले निषेधाज्ञा थपिने बताए । सबै किसिमका सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हुन सक्ने उनको भनाइ छ । “सर्वसाधारणको हकहितमा सबै किसिमका सार्वजनिक सवारी खुलाइएको छ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी परीक्षा सञ्चालन गर्न दिनु नै पर्छ । तर, अन्य प्रयोजनमा नियन्त्रण गर्ने मोडालिटी हुनसक्छ । हामीले छलफल गरिसकेका छैनौँ । यस विषयमा आजै छलफल गरी निर्णय गर्छौँ,” प्रजिअ निरौलाले भने । पछिल्लो समय रेस्टुरेन्ट र फास्टफुट तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook