सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ

Byपहिलो सुचना

२०७८ माघ १८, मंगलवार ०७:३२ २०७८ माघ १८, मंगलवार ०७:३२ २०७८ माघ १८, मंगलवार ०७:३२
Arrest

माघ १८, कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरको वडा नम्बर ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो ।

सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दिए ।

उनकाअनुसार दुवैलाई भेरीगङ्गा नगरपालिका–१० तोलीखोला प्रहरी चेकपोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो ।

बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook