२,२३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

Byपहिलो सुचना

२०७८ श्रावण १०, आईतवार १६:४२ २०७८ श्रावण १०, आईतवार १६:४२ २०७८ श्रावण १०, आईतवार १६:४२ #covid news

साउन १०, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २,२३७ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यो सँगै नेपालमा कोरोन संक्रमितको संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०५६९ पीसीआर परीक्षणमा १,५३९ र ३,२६५ एन्टिजेन परीक्षणमा ६९८ जना गरी २,२३७ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ९,७१३ पुगेको छ। त्यस्तै, २,०५० जना संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook