माघ १२, काठमाडौं । गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन्।
गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसङ्ख्यक काेटाबाट उम्मेदवार बनेका उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन् ।
उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे भने गठबन्धन तर्फका उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे । राई जसपाबाट उम्मेदवार बनेका थिए ।
