ट्रकमा आगलागी

Byपहिलो सुचना

२०७८ माघ १२, बुधबार १२:२० २०७८ माघ १२, बुधबार १२:२० २०७८ माघ १२, बुधबार १२:२०
Fire

माघ १२, राजविराज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान एक ट्रकमा आगजनी भएको छ । कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन ।

उनले भने, ‘ट्रक चालक पनि सम्पर्कमा आएका छैनन् ।’ अज्ञात समूहद्वारा आगजनी गरिएको हुनसक्ने उनले बताए । ट्रक भने पूर्णरूपमा जलेको छ ।

यसैबीच आगो लागेको ट्रकलाई स्थानीय प्रहरी चौकीबाट गएको प्रहरी टोली र कञ्चनरूप नगरपालिकाबाट आएको बरुण यन्त्रले निभाएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

यसअघि एक महिना अगाडि पनि सोही गाउँपालिका वडा नं ५ महुली पुलमा एक ट्रक जलाइएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook