मेलम्ची आयोजनाको पुनः निर्माण सुरु

Byपहिलो सुचना

२०७८ माघ १७, सोमबार ०७:३७ २०७८ माघ १७, सोमबार ०७:३७ २०७८ माघ १७, सोमबार ०७:३७

माघ १७, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाइसकिएको बताएका छन् ।

मन्त्री चौधरीले काठमाडौँमा मेलम्चीको पानी ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरिसकिएको बताए ।

निर्माण कम्पनी अहिले निर्माणस्थलमा पुगेर काम गर्न थालिसकेको उनले बताए ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाढी पहिराका कारण पहुँचमार्गसम्म पूर्णरूपमा क्षतिग्रस्त भएको उनले बताए ।

सरकारले विसं साउन ११ गते सिन्धुपाल्चोक जिल्लालाई असोज मसान्त लागू हुनेगरी विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेकाले तत्कालीन समयमा केही गर्न सकिने अवस्था थिएन ।

आयोजनाको स्थलगत अवस्था, कानुनी तथा प्राविधिक रायसल्लाह तथा निर्माण कम्पनीसँगको वार्ता तथा प्रक्रियाका कारण निर्णयमा केही ढिलाई भएको मन्त्री चौधरीको भनाइ छ । ‘अहिले काम अघि बढेकाले उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ,’ उनले भने ।

एसियाली विकास बैङ्क (एडिबी) ले मेलम्चीमा आएको बाढी पहिराको क्षतिको विवरण, कारण र स्थायी समाधानका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको मन्त्री चौधरीले बताए ।

अध्ययन सकिएर आएको प्रतिवेदनका आधारमा कार्ययोजना बनाइने उनको भनाइ छ ।

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न चुस्त र दुरुस्त बनाउन मेलम्ची सहायक परियोजनाअन्तर्गत वितरणका लागि आवश्यक संरचना निर्माण भएको र अहिले परीक्षण भइरहेको उनले बताए ।

‘वितरण प्रणालीको परीक्षण गर्न बाँकी रहेका ठाउँमा अहिले भइरहेको छ,’ उनले भने । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook