पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Byपहिलो सुचना

२०७८ माघ ७, शुक्रबार ०८:०८ २०७८ माघ ७, शुक्रबार ०८:०८ २०७८ माघ ७, शुक्रबार ०८:०८
तस्बिर: रासस

माघ ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो ।

पहिराेका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook