साउन ९, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ९६९४ पुगेको छ। त्यस्तै, २१९७ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७,७५७ जना रहेका छन्। जसमध्य २५,०८६ जना होम आइसोलेसनमा रहका छन् भने २,६७१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ६५० जना आईसीय र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन्।
