पीसीआर परीक्षणको शुल्क घट्यो

Byपहिलो सुचना

२०७८ माघ ६, बिहीबार ०६:४३ २०७८ माघ ६, बिहीबार ०६:४३ २०७८ माघ ६, बिहीबार ०६:४३

माघ ६, काठमाडौं । कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन दिए पछि शुल्क घटाएको हो ।

अब सरकारी अस्पतालमा भर्ना भएको बिरामीको निःशुल्क पीसीआर परीक्षण हुने र परीक्षण मात्रै गर्नेलाई रु ८०० भन्दाबढी लिन नपाउने निर्णय भएको छ ।

यसअघि सरकारी अस्पतालमा पीसीआर परीक्षणको एक हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो ।

त्यसैगरी निजी अस्पताल तथा ल्यावले एक हजार ५०० भन्दाबढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।

यसअघि निजीतर्फ पीसीआर परीक्षणको शुल्क रु दुई हजार रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook