पुष २६, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना निकालेर पुस २७ देखि माघ १५ गतेसम्म देशभरका आधारभूत र माध्यामिक तहका विद्यालय बिदा गर्ने निर्णय गरेको हो ।
बिदाको उक्त समयमा १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत् खोप लगाउने कार्यक्रम छ।
त्यस्तै विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

