पुष २६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा ८७६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी ८७६ जना थपिएका हुन् ।
