राष्ट्रिय सभा निर्वाचन: आजबाट आचारसंहिता लागू

Byपहिलो सुचना

२०७८ पुष २६, सोमबार ०८:०४ २०७८ पुष २६, सोमबार ०८:०४ २०७८ पुष २६, सोमबार ०८:०४

पुष २६, काठमाडौं । यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ ।

केन्द्र, प्रदेश र स्थानीय तहका सरकार तथा मन्त्रीहरूलाई पनि आचारसंहिता लाग्नेछ । साथै सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, राजनितिक दल र पत्रकारमा पनि आचारसंहिता लागू हुनेछ ।

राष्ट्रिय सभामा रिक्त भएका १९ पदका लागि निर्वाचन हुन लागेको हो । १२ दलले निर्वाचनमा भाग लिए पनि मुख्यगरी सत्तागठबन्धनका ५ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मदेवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनका लागि ४३ जना उम्मदेवार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook