राष्ट्रिय सभा सदस्य उम्मेदवार छान्ने जिम्मा प्रचण्डलाई

Byपहिलो सुचना

२०७८ पुष २०, मंगलवार ०८:४१ २०७८ पुष २०, मंगलवार ०८:४१ २०७८ पुष २०, मंगलवार ०८:४१

पुष २०, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ ।

महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो ।

केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथका लागि सोमबार आयोजित कार्यक्रममा शीर्ष नेताहरुबीच राष्ट्रिय सभा सदस्यको उम्मेदवारीका विषयमा छलफल भएको थियो ।

सत्तारूढ गठबन्धनको सोमबारकै बैठकले दलहरू कसले कहाँ उम्मेदवारी दिने भन्ने विषयमा समेत टुङ्गो लगाएको थियो ।

गठबन्धनको निर्णय अनुसार माओवादीले पाँच सदस्यमा उम्मेदवारी दिनेछ। मङ्गलबार उम्मेदवारको मनोनयनको कार्यक्रम छ ।

यसैबीच माओवादी केन्द्रको पदाधिकारी छनोटको प्रक्रिया केही दिनका लागि स्थगित भएको छ ।

केन्द्रीय समितिको बैठक यही पुस २५ गतेसम्मका लागि स्थगित भएकाले पदाधिकारी छनोटको प्रक्रिया केही दिन पर सरेको हो । सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा पदाधिकारी छनोट गरिने अध्यक्ष दाहालले बताए ।

यही २५ गतेको बैठकपछि पदाधिकारी टुङ्गो लाग्ने उनको भनाइ थियो । माओवादीमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको विधानमा व्यवस्था गरिएको छ ।

केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook