काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Byपहिलो सुचना

२०७८ पुष २०, मंगलवार १३:३६ २०७८ पुष २०, मंगलवार १३:३६ २०७८ पुष २०, मंगलवार १३:३६

पुष २०, काठमाडौं । काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook