माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड पुनः निर्वाचित

Byपहिलो सुचना

२०७८ पुष १९, सोमबार १६:५६ २०७८ पुष १९, सोमबार १६:५६ २०७८ पुष १९, सोमबार १६:५६

पुष १९, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड पुनः माओवादी केन्द्रको अध्यक्ष भएका छन् । आज (साेमवार) बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने प्रस्ताव अघि सारेका थिए ।

माओवादीको आठौं महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको थियो । सोमबार बसेको बैठकमा चयन भएका सदस्यले सपथ लिएका छन् ।

सपथ ग्रहणपछि पदाधिकारी चयन गर्न बैठक बसेको थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू अब नेतृत्वबाट अलग हुनुपर्छ भन्ने लागे पनि देश र पार्टीको आवश्यकता र केही बाध्यताका कारण अध्यक्ष बन्नुपरेको बताए ।

अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook