चिसो बढ्दै गएपछि पर्सामा पठनपाठन बन्द

Byपहिलो सुचना

२०७८ पुष १९, सोमबार ०८:३५ २०७८ पुष १९, सोमबार ०८:३५ २०७८ पुष १९, सोमबार ०८:३५

पुष १९, वीरगञ्ज । शीतलहर सुरू भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ ।

गाउँपालिकाले आइतबार सूचना जारी गरी यहीँ पुस २४ गतेसम्म  संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो । 

ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । प्रति ज्येष्ठ नागरिकलाई करिब ६ हजार बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook