मकवानपुरमा बेग्लाबेग्लै स्थानमा तीन शव फेला

Byपहिलो सुचना

२०७८ पुष ९, शुक्रबार १८:१० २०७८ पुष ९, शुक्रबार १८:१० २०७८ पुष ९, शुक्रबार १८:१०

पुष ९, बागमती । मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरूष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फरक-फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरूषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ सिँचाइ टोलमा बस्ने १८ वर्षीया आरती घिमिरे कोठामा र मकवानपुरगढी गाउँपालिका-६ बस्ने ४२ वर्षीया सुनमाया रुम्वा गोलेको शव घर नजिकै रूखमा झुण्डिएको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।  

उक्त दुवै शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको छ ।

मकवानपुरगढी गाउँपालिका-७ सुकौरामा आज अन्दाजी २५ वर्षीय एक पुरूषको शव फेला परेको छ । स्थानीय बासिन्दाले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाएको जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook