कम्प्युटर अधिकृतको भरमा वीरगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय

Byपहिलो सुचना

२०७८ पुष ८, बिहीबार १४:२५ २०७८ पुष ८, बिहीबार १४:२५ २०७८ पुष ८, बिहीबार १४:२५
Malpot Karyalaya

पुष ८, वीरगञ्ज । वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदै आएको छ ।

लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहँदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आएका हुन् ।

उनले लामो समयदेखि कार्यालय प्रमुख नभएकाले आफैंले उक्त जिम्मेवारी सम्हाल्दै आएको जानकारी दिए ।

पटक-पटक कार्यालय प्रमुखको रूपमा यस कार्यालयमा  उपसचिवको सरूवा भए पनि फेरि तुरून्तै अन्यत्र सरूवा भई जाने, वा यहाँ दरबन्दी भए पनि काजमा जाने गरेकाले यो कार्यालय लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदै आएको पाइन्छ ।

कूल ५३ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ३३ कर्मचारी छन् । अधिकांश कर्मचारी नहुँदा कार्यालय सञ्चालनमा कठिनाइ हुँदै आएको अधिकृत तिवारीको भनाइ थियो ।

हाल एक उपसचिव, एक प्रशासन अधिकृत, एक अधिकृत (मालपोत), पाँच नायब सुब्बालगायत अन्य कर्मचारीसमेत रिक्त छन् ।

कार्यालयबाट नियमितरूपमा जग्गा रजिष्ट्रेसन, दृष्टिबन्दक (ऋण लिदा गरिने जग्गा रोक्का/फुकुवा), नामसारीजस्ता काम हुँदै आएका छन्।

साविकको मालपोत र भूमिसुधार गरी दुई वटा फरक/फरक कार्यालयलाई एकीकृत गरी अहिले भूमि सुधार तथा मालपोत कार्यालयको रूपमा सञ्चालन हुँदै आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook