संयोजक मिलन पाण्डे विवेकशीलबाट निष्काशित

Byपहिलो सुचना

२०७८ पुष ६, मंगलवार १४:३६ २०७८ पुष ६, मंगलवार १४:३६ २०७८ पुष ६, मंगलवार १४:३६

पुष ६, काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ ।

आज (मंगलबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टीमा गम्भीर क्षति पुर्‍याउने गरी बदनीयतपूर्ण ढंगले पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै विवेकशील साझाले २८ मंसिरमा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

पुस ४ गते सम्म जवाफ दिन भनिएकामा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको विवेकशील साझाले बताएको छ । पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणी जारी राखेको र समानान्तर समिति घोषणा गरेको देखिएकाले कारबाही गरेको विवेकशील साझाले बताएको छ ।

विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले पार्टीको नाम र लेटरहेड, छाप प्रयोग गरेमा पाण्डेलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook