चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुटपिट

Byपहिलो सुचना

२०७८ पुष ६, मंगलवार ११:५७ २०७८ पुष ६, मंगलवार ११:५७ २०७८ पुष ६, मंगलवार ११:५७

पुष ६, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुटेका छन् ।

चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए । आज (मंगलबार) बिहान स्नातक तह प्रथम वर्षमा सोसल वर्क (बिएसडल्बु) को प्रयोगात्मक तर्फको ३० अंकको आन्तरिक परीक्षा भइहेको थियो।

परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए । विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखले छलफलका लागि बोलाएका थिए ।

त्यही बेला विवाद हुँदा विद्यार्थी जेठाराले सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनीमाथि कुटपिट गरेका छन् । पुडासैनी नै आफैं परीक्षामा गार्ड बसेका थिए ।

एक प्रत्यक्षदर्शी शिक्षकका अनुसार विद्यार्थीले पानी पिउने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेका थिए ।

घाइते पुडासैनीको टाउकोमा सात वटा टाँका लगाइएको छ।

विवादपछि परीक्षा स्थगित गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook