पुष २, काठमाडौं । नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।
शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन् ।
शेखर कोइराला समूहका पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत ल्याए । त्यस्तै तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए ।
