पुष २, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् ।
शुक्रबार सकिएको सहमहामन्त्रीको मतगणनामा उमाकान्तले थारूतर्फको सहमहामन्त्रीमा तेजुलाल चौधरीलाई हराएका हुन् ।
निर्वाचन समितिका अनुसार कुल ४३८७ मतमा उमाकान्त चौधरीले २६७८ पाए भने तेजुलाल चौधरीले १८३७ मत पाएका छन् ।
उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।
