कांग्रेस सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र किशाेरसिंह राठाैर विजयी

Byपहिलो सुचना

२०७८ पुष २, शुक्रबार १६:०९ २०७८ पुष २, शुक्रबार १६:०९ २०७८ पुष २, शुक्रबार १६:०९

पुष २, काठमाडौं । नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् ।

शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री जितेका हुन् । सह–महामन्त्रीमा चार हजार ६ सय ८६ मत खसेकोमा मन्सुरले दुई हजार सात सय ७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वकिल शेखले नौ सय पाँच मतले कम अर्थात् एक हजार आठ सय ७१ मत प्राप्त गरेका छन् ।

यस्तै खस/आर्यतर्फकाे सहमहामन्त्रीमा किशाेरसिंह राठाैर विजयी भएका छन् । राठाैरले दुई हजार पाँच सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिस्पर्धी देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गरे । किशाेरसिंहले देउवा र देवराजले काेइराला समूहबाट उम्मेदवार बनेका हुन् । 

कांग्रेसका आठ वटा सहमहामन्त्री पदमध्ये अब तीन वटा क्लस्टरका सहमहामन्त्रीको मतगणनाको परिणाम आउन बाँकी छ । 

यसअघि हिजाे बिहीवार सहमहामन्त्रीमा महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook