पुष १, काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले पराजित भएपछि राजीनामा दिएका हुन् ।
अन्तिम मत परिणाम आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका छन् । यसअघि मन्त्री रिजालले मतगणना भइरहँदा नै राजीनामा दिने घाेषणा गरेका थिए ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भावावेशमा नभई नैतिकताको आधारमा राजिनामा दिएको बाताएका छन् ।
