नेप्से परिसूचक उच्च अङ्कको गिरावट

Byपहिलो सुचना

२०७८ पुष १, बिहीबार १८:४२ २०७८ पुष १, बिहीबार १८:४२ २०७८ पुष १, बिहीबार १८:४२

पुष १, काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अङ्कले घटेर दुई हजार ३७६.७४मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८३ अङ्कले ओरालो लागेर ४५३.५३ मा पुगेको छ।

कूल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर रु दुई अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको सेयर मूल्यमा गिरावट देखियो । सामूहिक लगानी कोष ०.०८ अङ्कले मात्रै उकालो लाग्यो ।

यस्तै बैंकिङ ५.६८, व्यापार ६४.६१, होटल तथा पर्यटन ४६.२१, विकास बैंक १५७.५, जलविद्युत् ८२.४१, वित्त ५६.२३, निर्जीवन बीमा २६४.६१, उत्पादन ८५.३६, अन्य ३९.६३, लघुवित्त ८१.०६, जीवन बीमा २६३.२१ र लगानी १.५३ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु नौ करोड ४३ लाख ८६ हजार ७१७ बराबरको कारोबार भयो । नेपाल बङ्गलादेश बैंक रु सात करोड आठ लाख ४३ हजार ३००, समृद्धि फाइनान्स रु छ करोड ९५ लाख ७९ हजार, अपि पावर कम्पनी रु छ करोड ८७ लाख ३३ हजार ५६६ र नेशनल हाइड्रोपावर रु छ करोड ५४ लाख ८५ हजार ६५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार नेपाल बङ्गलादेश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त ५.३५, माउण्टेन इनर्जी ४.०३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.०१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार प्रतिशतले कमाए ।

त्यस्तै, ग्रीन लाइफ हाइड्रो ७.५९, मैलुङ खोला जलविद्युत् कम्पनी ७.५१, हिमालयन पावर पार्टनर ७.०७, नेपाल हाइड्रो डेभलपर ६.३२ र दिव्यश्वरी हाइड्रो पावरका शेयरधनीले ६.११ प्रतिशतले गुमाए । बिहीबारको कारोबार पछि बजार पूँजीकरण रु ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाख ६४ हजार ४७२ बराबर पुगेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook