कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

Byपहिलो सुचना

२०७८ पुष १, बिहीबार १५:२२ २०७८ पुष १, बिहीबार १५:२२ २०७८ पुष १, बिहीबार १५:२२

पुष १, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् ।

गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । ४६८२ मत खसेकोमा थापाले ३०२३ मत ल्याउदा विश्वप्रकाशले १९८४ मत पाएका छन् ।

त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरू क्रमशः डा. प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पौडेलले एक हजार तीन सय ९३, डा. मिनेन्द्र रिजालले आठ सय नाै र डा. राजाराम कार्कीले एक सय ६ मत प्राप्त गरेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook