कांग्रेस महाधिवेशन : उपसभापतिकाे मतगणनामा गुरुङ अगाडि

Byपहिलो सुचना

२०७८ मंसिर २९, बुधबार १९:५२ २०७८ मंसिर २९, बुधबार १९:५२ २०७८ मंसिर २९, बुधबार १९:५२

मङ्सिर २९, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति छान्नको लागि अहिले मतगणना भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (बुधबार) साँझ ६ बजेदेखि मतगणना सुरू भएको थियो ।

प्रारम्भिक मत परिणामअनुसार धनराज गुरुङ छन् । अहिलेसम्म ६००  मत गणना हुँदा गुरूङले २५८ मत ल्याएका छन् । त्यस्तै, पूर्ण बहादुर खड्का र विजयकुमार गच्छदारले २४६/२४६ मत ल्याएका छन् । चन्द्र भण्डारीले २१५ मत ल्याएका छन् ।

कांग्रेस विधानअनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook