बालबालिकालाई विद्यालयमा नै खोप लगाइने

Byपहिलो सुचना

२०७८ मंसिर २९, बुधबार १४:४९ २०७८ मंसिर २९, बुधबार १४:४९ २०७८ मंसिर २९, बुधबार १४:४९
Little girl receiving coronavirus vaccine at doctor's office

मङ्सिर २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने बताएका छन् । 

उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताए । 

उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ ।

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरूद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ ।

उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रूपमा तयारी गरिसकेको जानकारी दिए । 

‘महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ’, मन्त्री खतिवडाले भने, ‘थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । आवश्यक पर्दा यसका लागि सरकार तयार छ ।’ 

नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook