मङ्सिर २६, वासिङ्टन । संयुक्त राज्य अमेरिकाका मध्य तथा दक्षिणी राज्यहरू आँधीले निकै ठूलो विनाश गरेको छ ।
न्युयोर्क टाइम्सका अनुसार शुक्रबार राति आएका झन्डै २२ वटा आँधीका कारण अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायत राज्यहरूमा क्षति पुगेको छ । ती राज्यहरूमा कम्तीमा एक सयभन्दा बढी मानिसले ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ ।

सबैभन्दा बढी प्रभावित केन्टकी राज्यका गभर्नर एन्डी बेशिरले आफ्नो राज्यमा ७० जना बढीको मृत्यु भइसकेको बताएका छन् ।
सामान्यत: आँधीहरू गर्मी सिजनमा आउँछन् । यसपालि डिसेम्बरमा यति ठूला आँधी आउनु अस्वभाविक भएको विज्ञहरूले बताएका छन् ।

आँधीले पक्की घर भत्काइदिएका छन् भने गुडिरहेको रेलमा पनि क्षति पुर्याएका छन् । आँधी प्रभावित राज्यहरूमा बिजुली आपूर्ति अवरूद्ध भएको छ।
राष्ट्रपति जो बाइडेनले केन्टकी राज्यमा आपतकाल लगाउन अनुमति दिएका छन् । तस्बिर : एजेन्सीको सहयोगमा













