अमेरिकामा आँधीका कारण कम्तीमा एक सय जनाको मृत्यु भएको आशङ्का

Byपहिलो सुचना

२०७८ मंसिर २७, सोमबार ०९:१९ २०७८ मंसिर २७, सोमबार ०९:१९ २०७८ मंसिर २७, सोमबार ०९:१९

मङ्सिर २६, वासिङटन । संयुक्त राज्य अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायतका मध्य भागहरूमा रातभरी कम्तीमा ३० वटा आँधीबेहरी आएपछि करिब १०० जनाको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । यसअघि अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको केन्टकीका गभर्नरले शनिबार पुष्टि गरेका थिए ।

स्थानीय समयानुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उहाँले सञ्चारकर्मीहरूलाई बताएका थिए । केन्टकीमा एउटा मैनबत्ती कारखाना पूर्ण रूपमा ध्वस्त भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।आँधी आएको अवस्थामा मैनबत्ती कारखाना करिब ११० जना व्यक्ति रहेका केन्टकीका गभर्नर एन्डी बेशिरले बताएका छन् ।

बेशरले मध्यरातअघि नै आफूले केन्टकीका कारण सङ्कट निम्त्याएको घोषणा गरेको बताएका थिए । त्यस क्षेत्रमा विद्युत् विनाश जारी रहँदा मानिसहरूको ज्यान जोगाउन थुप्रै खोज तथा उद्धार अधिकारीहरू पठाइएको कुरा पनि उनले बताए । (रासस/एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook