हेलिकोप्टर दुर्घटना परेका सेना प्रमुख रावतको निधन

Byपहिलो सुचना

२०७८ मंसिर २२, बुधबार १८:२२ २०७८ मंसिर २२, बुधबार १८:२२ २०७८ मंसिर २२, बुधबार १८:२२

मङ्सिर २२, काठमाडौं । भारतको तमिलनाडुको कुन्नूरमा बुधबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेका सेनाका चिफ अफ डिफेन्स (सिडिएस) बिपिन रावतको निधन भएको छ । टाइम्स अफ इण्डियाका अनुसरा रावत, उनका धर्मपत्नी र अन्य ११ जनाको मृत्यु भएको छ ।

उनका मृत्युबारे सरकारले भोलि औपचारिक रूपमा संसदमा जानकारी गराउने तयारी गरेको जनाइएको छ । प्रेस ट्रस्ट अफ इन्डियाले हेलिकप्टरमा सवार १४ मध्ये १३ जनाको मृत्यु भएको बताएको छ ।

भारतीय समयअनुसार दिउँसो १२ : २० मा दुर्घटनामा परेको हो । मृतहरुको डिएनए परिक्षणबाट पहिचान खुल्ने ”आजतक“ले उल्लेख गरेको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook