साउन ६, काठमाडौँ । मुसलधारे वर्षाका कारण चीनमा आएको बाढीले एक दर्जन भन्दा बढी सहरहरु प्रभाभित भएका छन्। मुख्य सडक, रेल स्टेशनहरु बन्द भएका छन् भने उडानहरु रद्ध गरिएका छन्।
बाढी सुरु भएयता राजधानी जङ्जोमा कम्तीमा १२ जनाको मृत्यु भएको सरकारी निकायहरुले पुष्टि गरेका छन्। त्यस्तै ख्वनान प्रान्तका १०,००० भन्दा बढी सर्वसाधारणलाई उद्धार गरी स्थानान्तरण गरिएको बिबिसीले जनाएको छ। ख्वनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसम सम्बन्धी कडा चेतावनी जारी गरेको छ।
हेनान प्रान्तमा अविरल परेको पानी पछि आएको आँधीका कारण क्षति भएको एउटा बाँध भत्किने डर बढेको र उक्त क्षेत्रमा सेना परिचालन गरिएको सुचना सरकारी समाचार निकाय सिन्ह्वाले जानकारी दिएको छ। त्यसैगरी जाङ्जो प्रान्तमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी जति रहेको बताइएको छ।
