जनताको समर्थन गुमाउँदै टोकियो ओलम्पिक २०२०

Byपहिलो सुचना

२०७८ श्रावण ५, मंगलवार १३:४९ २०७८ श्रावण ५, मंगलवार १३:४९ २०७८ श्रावण ५, मंगलवार १३:४९

टोकियो एजेन्सी—जापनमा जारी टोकियो ओलम्पिक प्रतियोगितामा एकपछि अर्को खेलाडीमा कोरोना भाइरस संक्रमित देखिन थालेको छ । आज भिलेजमा एकजना खेलाडीमा कोरोना संक्रमण देखिए सँगै संक्रमित खेलाडीहरुको संख्या ४ पुगेको छ । ओलम्पिक खेलकै कारण कोरोना भाईरसको संक्रमण भयभह हुन सक्ने भन्दै जापानी नागरिकहरुले बिरोध गर्दै आईरहेको थियो ।

तस्बिर: गुगल

तर जापान सरकारले ओलम्पिक खेलको लागि अर्बाै रुपैया खर्च भै सकेको र गत बर्ष पनि आयोजनाको समय सारेको हुनाले अब आयोजना सार्न नहुने बरु पुर्ण रुपमा स्वास्थ्या मापदण्ड पालना गर्ने भन्दै प्रतियोगिता सुरु गरेको थियो । प्रतियोगितमा सहभागि खेलाडीहरुले अनिवार्य नेगेटिभ पिसिआर रिर्पोट देखाउनु पर्ने, अनिवार्य आइसोलेसनमा बस्नुपर्ने र खेल खेल्दा पनि अनिवार्य स्वास्थ्या मापदण्डको पालना गनुपर्ने प्रावधान रहेको छ ।
तर सावधान रहदारहदै पनि खेलाडीहरुमा संक्रमण देखिएपछि खेल बन्द गर्नुपर्ने भन्दै स्थानियहरुले आन्दोलन गर्न थालेको छ । टोकियो सिन्जुकु सपिङ डिस्ट्रिक्टमा आइतबार ‘नो मोर ओलम्पिक’ भन्दै जुलुस निकालिएको  छ । कोरोना महामारीकै कारण एक वर्ष सारिएको ३२ औं ग्रीष्मकालीन ओलम्पिक शुक्रबार टोकियोको खाली रंगशालामा उद्घाटन हुँदै छ । । आयोजक देशका नागरिक तहबाटै समर्थन गुमाउन थालेपछि ओलम्पिकको मुख्य प्रायोजक टोयोटाले खेलसँग सम्बन्धित टेलिभिजन विज्ञापन प्रसारण नगर्ने भएको छ । जापानको चर्चित अखबार आसाई सिन्बुनले गरेको पछिल्लो सर्वेक्षणमा सहभागीमध्ये ५५ प्रतिशत जापानीले यो समयमा ओलम्पिक आयोजनाप्रति विरोध जनाएका थिए । ३३ प्रतिशतले भने समर्थन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook