फ्रान्समा कोभिडको चौथो लहर

Byपहिलो सुचना

२०७८ श्रावण ७, बिहीबार २०:२५ २०७८ श्रावण ७, बिहीबार २०:२५ २०७८ श्रावण ७, बिहीबार २०:२५

साउन ७, काठमाडौँ। फ्रान्समा कोभिड – १९ को चौथो लहर सुरु भएको छ।

टीएफवान न्युजसँगको कुराकानीमा फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले कोभिड–१९ को चौथो लहरको सङ्क्रमणको सामना गरिरहेको बताएका छन्।

“तीब्र सङ्क्रामक कोरोनाभाइरसको डेल्टा स्वरुपको सङ्क्रमितको संख्या अत्याधिक पुष्टि भएको छ,” उनले टीएफवान न्युजसँग भने। उनले हामीले यसै समयमा प्रतिकार्यको उत्तम विकल्प अपनाउनुपर्नेमा उनले जोड दिए।

मंगलबार चौबीस घण्टामा फ्रान्समा १८ हजार १८१ जना सङ्क्रमितको पुष्टि भएको छ । यो गत साताको अपेक्षा भन्दा १४० प्रतिशतले बढी हो । यूरो न्यूजले गएको साता सङ्क्रमित पुष्टि भएकामध्ये ९६ प्रतिशत खोप नलगाएका सङ्क्रमित रहेका उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook