मङ्सिर २२, काठमाडौं । तमिलनाडुमा भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ।
टाइम्स अफ इन्डियाका अनुसार चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिलनाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो।


दुर्घटनास्थलको भिडिओमा हेलिकप्टरमा आगलागी भएको देखिन्छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।
इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ । तर अस्पताल लगिएका घाइतेको पहिचान भने खुलाइएको छैन ।
