खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

Byपहिलो सुचना

२०७८ मंसिर २१, मंगलवार १३:०५ २०७८ मंसिर २१, मंगलवार १३:०५ २०७८ मंसिर २१, मंगलवार १३:०५

मङ्सिर २१, बागमती । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड-१९ बाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook