ट्र्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

Byपहिलो सुचना

२०७८ मंसिर १७, शुक्रबार १०:१९ २०७८ मंसिर १७, शुक्रबार १०:१९ २०७८ मंसिर १७, शुक्रबार १०:१९

मङ्सिर १७, जाजरकोट । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटनामा श्रीमानकाे मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् ।

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook