हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

Byपहिलो सुचना

२०७८ मंसिर १७, शुक्रबार १०:१५ २०७८ मंसिर १७, शुक्रबार १०:१५ २०७८ मंसिर १७, शुक्रबार १०:१५

मङ्सिर १७, वीरगञ्ज । मानिसको इच्छा पनि थरीथरीका हुन्छन् । अधिकांश व्यक्तिलाई थोरै खर्चमा धेरै काम गर्ने र सकेसम्म बचेको पैसा बचत गर्ने चाहना हुन्छ तर बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका जोगी साहले भने छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर आफ्नो खर्च मात्रै बढाएनन् आफ्नो छोराको सौख पनि पूरा गरेको छ । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन उनले आफ्नो २१ वर्षीय छोराको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए ।

हेलिकोप्टरका लागि मात्रै जोगीले रु. तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका थियो । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए । “विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो”, बेहुलाका बुवा जोगीले भने, “बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्‍यो ।” जतिसुकै खर्च भए पनि छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले बताए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook